मधेसी मोर्चाको धम्कीपछि एमाले पछी हट्यो

Posted on: 09 Dec, 2016

मङ्सिर २४, विरगञ्ज | मधेसी मोर्चाले कार्यक्रम गर्न नदिने धम्की दिएपछि एमालेले वीरगन्जमा आयोजना गरेको दुईदिने भेला स्थगित गरेको छ ।

वीरगन्जको नगर सभागृहमा शुक्रबार र शनिबार केन्द्रीय नेताको उपस्थितिमा गर्न लागिएको एमाले मुखपत्र ‘नवयुग’ को वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको हो । कार्यक्रममा महासचिव इश्वर पोखरेल, सचिव योगेश भट्टराई लगायतका केन्द्रीय नेता सहभागी हुने एमालेले जनाएको थियो । भेलामा एमालेले नवयुग पत्रिकाका ग्रहकलार्इृ समेत निम्ता गरेको थियो ।

एमालेको प्रचार विभागका सदस्य अरविन्द सिंहले राष्ट्रिय राजनीतिक परिस्थिति जटिल भएको तथा पार्टीको नेतृत्व सडक र सदन संघाषर््मा केन्द्रित भएकाले वीरगन्जको कार्यक्रम स्थगित गरिएको बताए । स्रोतले भने मधेसी मोर्चाको धम्कीका कारण कार्यक्रम स्थगित भएको दाबी गरेको छ । मधेसी मोर्चाको मंसिर १८ गते वीरगन्जमा बसेको बैठकले मधेसकेन्द्रित दलका माग पूरा गर्न एमाले बाधक बनेको ठहर गर्दै पर्सामा एमालेलाई कुनै पनि राजनीतिक गतिविधि गर्न नदिने र गरे प्रतिवाद गर्ने चेतावनी दिएको थियो ।

मोर्चाको त्यही धम्कीकै कारण एमालेले वीरगन्जमा शुक्रबारदेखि हुने भनिएको कार्यक्रम स्थगित गरेको स्रोतले जनाएको छ । यसैबिच एकाएक कार्यक्रम स्थगित गरिएको भन्दै एमालेकै केही युवाले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । एमाले भ्रातृ संगठन युवा किसान संघका केन्द्रीय सदस्य उमेश गुप्ताले कार्यक्रम अन्तिम समयमा आएर स्थगित हुँद आश्चर्यमा परेको बताए । मोर्चाको धम्कीले कुनै प्रभाव नपार्ने भन्दै उनले पर्सामा एमाले हरेक कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सक्षम रहेको दाबी गरे । - अन्नपूर्ण पोष्ट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!