नवलपरासीको सुनवलमा देशकै नमूना अटो भिलेज निर्माण शुरु

Posted on: 12 Nov, 2017

कात्तिक २६, नवलपरासी (रासस) | सुनवल नगरपालिका क्षेत्रमा देशकै नमूना अटो भिलेज निमार्ण शुरु भएको छ । 

सुनवल नगरपालिका–४ मा करिब १२ बिगाहा क्षेत्रफलमा सुविधा सम्पन्न नमूना अटो भिलेज निमार्ण थालिएको हो । अव्यवस्थित रुपमा रहेका अटो भिलेजलाई सुविधा सम्पन्न पूर्वाधार र उचित व्यवस्थापनसहित निमार्णको काम अघि बढाइएको सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा (भरत)ले जानकारी दिनुभयो । 

व्यवस्थित र नमूना अटोभिलेजका लागि आवश्यक सडक पूर्वाधार, बिजुली बत्तीलगायत पूर्वाधार नगरपालिकाले व्यवस्थापन गर्नेछ । नक्साङ्कनसहित पहिलोचरणको काम अघि बढाइसकेको नगरपालिकाका इञ्जिनियर सन्तोष गैरेले बताउनुभयो । सो अटोभिलेज निर्माण चालु आव २०७४/७५ भित्र सम्पन्न गर्ने लक्ष्य छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!