नवलपुरमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु

Posted on: 23 Jan, 2021

माघ १०, नवलपरासी | नवलपुर (बर्दघाट सुस्तापूर्व )को कावासोतीमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । 

कावासोती ८ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा ज्यान गुमाउनेमा कावासोती नगरपालिका वडा नम्बर -३ का २४ वर्षीय हेमराज थापा र कावासोती -८ का २६ वर्षीय सुनिल जैसवाल रहेका छन् ।

मोटरसाइकल अनियन्त्रित भएर सालको रुखमा ठोक्किदा उनिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!