दाउरा झिक्न जाँदा बाबुछोरा बेपत्ता

Posted on: 18 Sep, 2020

असोज २, नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) | नवलपुरमा  नारायणी नदीले बगाउँदा बाबुछोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका–१५ भिउरानका  ४५  वर्षीय भुपाल क्षेत्री र उहाँका १४ वर्षीया  छोरी सुजिता क्षेत्री रहेका छन् । 

नारायणी र अरुण खोलाको दोभानमा नदीले बगाएर ल्याएका दाउरा झिक्ने क्रममा  सो नदीले बगाउँदा आज बाबुछोरी बेपत्ता भएका  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्रीका श्रीमती सानीलाई समेत नदीले  बगाउँदा तत्काल स्थानीयले उद्धार गर्न सफल भएका थिए । 

बेपत्ता बाबुछोरीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!