नारायणी नदिमा डुङ्गा डुबेर एक ब्यक्ति बेपत्ता

Posted on: 16 Sep, 2020

श्याम थापा | भदौ ३१, सुस्ता | पश्चिम नवलपरासीको नारायणी नदिमा डुङ्गा डुबेर एक पुरुष बेपत्ता भएको छ । 

सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवाको अनुमोघाट बाट नदि पारी सुस्ताका लागी इट्टा बोकेर जादै गरेको डुङ्गा नारायणी नदिमा डुबेपछी डुङ्गामा काम गर्ने एक ब्यक्ति नदिमा डुबेर बेपत्ता भएको हो । डुङ्गामा ७ जना काम गर्ने ब्यक्तिहरु रहेको थियो भने ६ जना आफै पौडी खेलेर निस्केका छ्न ।

नारायणी नदिमा डुबेर बेपत्ता भएको ब्यक्तिको खोजी कार्य भइरहेको र बेपत्ता भएको ब्यक्ति भारतिय नागरिक अन्दाजी बर्ष ३२ को पुरुष रहेको र उनको थप पहिचान नखुलेको प्रहरी चौकी रामनगरले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!