अन्नपूर्णका किसानलाई औजार र बिरुवा हस्तान्तरण

Posted on: 09 Jul, 2018

असार २५, बेनी, म्याग्दी | म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कृषि शाखाले गाउँपालिकाको आठ वटै वडाका किसानलाई कृषि औजार र बिरुवा हस्तान्तरण गरेको छ । 

गाउँपालिकाकी उपाध्यक्ष केशमायाँ मगर र प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले संयुक्तरुपमा किसानलाई उक्त औजार आइतबार हस्तान्तरण गर्नुभयो । कृषि शाखा प्रमुख गोपाल भट्टराईले जिल्लामा मै पहिलो पटक छ थान कोदो चुट्ने मेसिन, १४५ थान प्लाष्टिक केट, १२ थान मकै छोड्याउने औजार, २३ वटा सुन्तला टिप्ने भर्याङ, नौ वटा स्प्रे ट्यांकी वितरण गरिएको जानकारी दिनुभयो । 

त्यस्तै, ४८ थान सिबेचर, ४८ थान आरी, चार हजार सुन्तलाका बिरुवा र एक हजार कागतीको बिरुवा वितरण गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!