गोठमा आगो ताप्ने क्रममा खरको छाना जलेर दुई बालकको अवस्था गम्भीर

Posted on: 12 Feb, 2021

दान बहादुर बुढा । माघ ३०, मुगु । हिमाली जिल्ला मुगुमा बुधवार आगलागि हुँदा दुई बालवालिका जलेर घाईते भएका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका वडा नं २ नाथर्पुका वुवा देविलाल बुढाका छोरा वर्ष ५ का छार्पे बुढा र सोही वडाकै बावु हरी शाहीका छोरा वर्ष ५ का दिल शाही जलेर शक्त घाईते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारी अनुसार २ नंम्वर वडाकै लोकेन्द्र बुढाको ढुंगा माटोले निर्माण गरेको खरको छानाको गोठबाट आगलागि भएको बताईएको छ । गोठमा आगो बालि ताप्ने क्रममा एक्कासि गोठमा आगो सल्किएर पुर्ण रुपमा गोठ जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए । 

सोही स्थानमादुई बालवालिकाका हात,खुट्टा जलि घाईते भएको उनले बताए। आगलागिबाट अन्दाजि २५ हजार जति क्षेतिभएको छ । 

घाईते बालकलाई काठमाण्डौ रिफर 

आगलागिमा घाईते भएका दुई बालवालिकालाई शुक्रवार काठमाण्डौ रिफर गरिएको छ । जिल्ला अस्पताल मुगुमा उपचारको सम्भव नभएपछि आज थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको जिल्ला अस्पताल मुगुले जनाएको छ । घाईते बालवालिकाको हात खुट्टा अन्य शरिरको भाग जलेका छन् ।

जिल्ला अस्पताल मुगुबाट रिफर भएपछि 'उपचार खर्च छैन, काठमाडौ लगेर आगलागी भएको छोराको उपचार कसरी गर्ने, जान आउर्ने खर्च पनि छैन । उपचार परै छ ।' घाईते छार्पे बुढाका बुवा देविलाल बुढा दुखेसो पोखे  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!