डाक्टर पढाउदै छायाँनाथ रारा नगरपालिका

Posted on: 23 Aug, 2020

नन्द बहादुर राकाया | भदौ ७, मुगु | जिल्लाको एक मात्र नगरपालिकाका छायाँनाथ रारा नगरपालीकाले २ जना अति विपन्न दलित तथा जेहेन्दार बिद्यार्थी लाई डाक्टर पढाउदै आएको छ । 

छायाँनाथ रारा नगरपालीका भित्रका अति विपन्न दलित तथा जेहेन्दार बिद्यार्थी लाई छात्रावृत्रि सहयोग कार्यक्रम माफर्त २ जना लाई बंगालादेशमा डाक्टर र  ११ जना लाई नेपालमै राम्रो बिषय पढाउदै आएको हो ।

नगरपालीको आर्थिक सहयोगमा नगरपालीका भित्र बसोबास गर्ने अति विपन्न , पिछडिएका, एक महिला ,दलित समुदायका जेहेन्दार १३  जना बिद्यार्थीलाई छात्रावृत्ति सहयोग कार्यक्रम मार्फत बर्सेनि सहयोग गदै आएको छ ।


विगट हिमाली जिल्ला मुगुमा शिक्षा स्वास्थ्यको क्षेत्र नाजुक अबस्थामा रहेकाले त्यस्तो अबस्था बाट माथि उठाउन र  छायाँनाथ रारा नगरपालीका लाई शिक्षा, स्वास्वस्थ्यमा  पहुच बढाउन नगरपालीकाले  छात्रावृत्ति कार्यक्रम ल्याएको छायाँनाथ रारा नगरपालीकाका नगर प्रमुख हरिजंग शाहीले बताए  । उनका अनुसार गहेको आर्थिक बर्ष २०७४/७५ बाट छात्रावृत्ति कार्यक्रमको थालानी गरी कार्यक्रम निरन्तर अगाडी बढएका छौ ।

उच्च शिक्षा पढ्न नसक्ने नगरपालीका भित्र रहेका विपन्न दलित , गरिब ,पिछडिएका समुदायका बिद्यार्थी छनोट गरी छात्रावृत्ति सहयोग गदै आएको र २ जना लाई बंगालादेशमा डाक्टर पढाउदै आएका र अन्य लाई नेपालमा ईन्जिनियर ,सि ए लगायतका राम्रो बिषय छात्रावृत्ति कार्यक्रम मार्फत पढाउदै आएका शाहीले बताए । 


आर्थिक बर्ष २०७६/७६ मा पनी छात्रावृति कार्यक्रम लाई निरन्तता दिइको थियो । ९ लाख रकम रकम विनियोजित गरी १३ जना लाई   छात्रावृत्ति सहयोग गरीएको नगर प्रमुख शाहीको भनाई छ ।

छात्रावृत्ति पाउने  बिद्यार्थी मध्ये २ जना बङ्गगलादेश डाक्टर पढ्दै आएका र ११ जना नेपालमा राम्रो बिषय लिएर पढ्दै गरेका छन ।

उनिहरुको पढाई खर्चमा राहत स्वरुप  पहिलो बर्ष २०७४।७५ मा ८ लाख रकम २०७५।७६ बर्षमा १० प्रतिशत वृद्धि गरी १० लाख र २०७६।७७ मा ९ लाख रकम विनियोजित गरीएको नगरपालिकाकाले जनाएको छ ।


विनियोजि रकम मध्ये  बङ्गगलादेशमा एम बि बि एस डेन्टल डाक्टर तेस्रो बर्षमा पढ्दै आएका छायाँनाथ रारा नगरपालीका वडा नं ५ का  देबिकृष्ण बिक लाई ३ लाख, त्यस्तै बङ्गगलादेशमा एम बि बि एस पाँचौ बर्षमा पढ्दै आएका छायाँनाथ रारा नगरपालीका वडा नं १ की कामना मल्ल लाई  १ लाख ५० हजार, वडा नं १ भारतमा एम .ए .बि. एस पढ्दै आएकी  समिक्षा मल्ललाईे १ लाख,सुर्खेत मध्यपश्चिम बिश्व बिद्यालयमा बि ई सिभिल ईन्जिनियर  चौथो बर्ष  अध्यनरत मनोज कुमार नेपाली लाइ ३० हजार, बुढा निलकण्ठ प्राविधिक बिद्यालय काठ्माडौमा अध्यनरत रामकृष्ण कामी लाई ३० हजार गरी १३ जना  अति विपन्न दलित,जेहेन्दार विद्यार्थी लाई ९ लाख रकम सहयोग गरीएको छ ।

नगरपालीका भित्र रहेका विपन्न, गरिब, पिछडिएका परिवारका बिद्यार्थीले उच्च प्राविधिक शिक्षा पढ्न चाहेमा नगरपालीकाले यो कार्यक्रम लाई  निरन्तरता दिदै जाने नगरप्रमुख शाहीले बताए । 


छात्रावृत्ति सहयोग ग्रहण गदै बङ्गगलादेशमा एम बि बि एस पढ्दै आएका  देविकृष्णका बिकले  छात्रावृत्ति सहयोग रकमले सोच्दै नसोचेको कल्पना पुरा हुने भएको बताए  । आर्थिक अवस्था नार्जुक खान लाउन नपुग्ने , ज्याला मजदुरी गदै आएको गरिब दलित मान्छकोे छोराले  डाक्टर पढ्ने कल्पनामा थिएन । तर  नगरपालीकाले सहयोग गरेर डाक्टर पढ्न पाउदाँ खुसी लागेको बिकको भनाई छ । पढाई पुरा गरेर आप्नै ठाउँमा सेवा गर्ने विकले बताए ।

विक जस्तै अन्य बिद्यार्थीले पनी नगरपालिकाले यस्तो कार्यक्रम नल्याएको भए हामिले सोचे जस्तो बिषय लिईएर पढ्न नसक्ने र ईच्छा भएको भएपनी दविएर बस्नु पर्ने अवस्था थियो ।  नगरपालिकाले शुरुवात गरेको छात्रावृत्ति कार्यक्रमले हामि जस्ता विपन्न बिद्यार्थिलाई राम्रो बिषय लिई पढ्ने वातावारण मिलाएको भन्दै खुसि भएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!