हिमाली जिल्ला मुगुमा सलह किरा छ्यापछ्याप्ति

Posted on: 11 Aug, 2020

दान बहादुर बुढा | साउन २७, मुगु | हिमाली जिल्ला मुगुका चारै स्थानीय तहसँगै सदरमुकाम गमगढी बजारमा यति बेला सलह किराको प्रवेशले छ्यापछ्याप्ति भएका छन् । 

सलह किरा पुन: मुगुमा प्रवेश गरेको छ । पाकिस्तानबाट भारत हुँदै नेपाल प्रवेश गरेको सलह किरा अहिले हिमाली जिल्ला मुगुमा फैलिएका छन् । 

कर्णालीका प्रदेशको दैलेख, रुकुमपश्चिम, सल्यान, जाजरकोट हुदै छिमेकी जिल्ला जुम्ला हुदै आएको सलहको झुण्ड हिजो आज जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं १० का पापु ,  रोवा , लगायत सदरमुकाम गमगढी बजारमा देखिएको छायानाथ रारा नगरपालिका वडा नं १० का स्थानीय कृषक कर्ण बहादुर भामले जानकारी दिए ।  

सलहकिरा मुगुमा प्रबेश गरेपछि यहाका किसान भने चिन्तित बनेका छन् । सो किरा हाल सदरमुकमा लगाएत छायानाथ रारा नगरपालिका, खत्याड गाउपालिका,  सोरु गाउका मुगमकामारोङ्ग गाँउपालिकाका केही वडाहरुमा सलह किराकेही  देखा परेको जिल्ला कृषी विकास कार्यालय मुगुका कार्यालय प्रमुख पञ्चलाल बुढाले बताए । उनका अनुसार सलहबाट हुने क्षेतिबाट बच्नको लागी कृषकहरुलाई सहजीकरणमा बिभिन्न उपाय अपनाउन आवहान गरिएको कार्यालय प्रमुख बुढाले बताएका छन ।  

हिमालको काख नजिकै रहेको यो जिल्लामा सलह किराले प्रवेश गरेपछि विशेष गरेर मकै, आलु, सिमी बालीमा बढि क्षति गर्ने कृषि बिज्ञहरुको भनाई रहेको छ । नगरपालिकाको रोवागाउमा प्रबेश गरेको सलहले वडा न १० मा आलु मकैका बोट बिरूवा, घासमा बसेर खान सुरू गरेको स्थानीय किसानहरुको भनाई रहेको छ । सलहबाट अन्नबाली मात्र नभएर अन्य बनस्पतिका बोट बिरूवामा समेत क्षति बनाउने पनि बताएका  छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!