बिश्वको चार धाम मध्ये जेठो धाम मुगुको छायानाथमा मुर्ती मेला शुरु

Posted on: 09 Aug, 2019

दान बहादुर बुढा | साउन २४, मुगु | हिन्दु धर्मावलम्बीहरुको  छायानाथ,केदारनाथ,बद्रीनाथ मुक्तीनाथ यी चार प्रशिद्ध धाम मध्ये जनै पुर्णिमाका लागी मुगुमा रहेको छाया नाथ धामका मुर्तिहरु आज शनिबार विधिवत रुपमा पुजा पाठ गरि छायानाथ तर्फ लगिएको र छाँयानाथमा जनै पुर्णमा मेला शुरु भएको छ ।



 छायानाथमा बाह्रै महिना हिउ पर्ने र अत्याधिक जाडो हुने भएकाले मन्दिरमा बस्न नसकिने हुँदा त्यसको प्रतिकका स्वरुप सदरमुकाम गमगढी नजिक रहेको छाँयानाथ रारा नगरपालिका  चैन गाउँमा मन्दिर स्थापना गरिएको र हरेक वर्षको जनै पुर्णिमाका बेला शिव, पार्वती, गणेश, शेष नाग लगायतका मुर्तिहरु नुहाउन छाँयानाथमा लिने गरेका हुन ।

 मन्दिरका पुजारी लक्ष्मी प्रसाद चौलागाईका अनुसार, जनै पुर्णिमाका बेला छाँयानाथ तिर्थयात्रा शिवबाट सत्यदेवीको अन्तिम अंगको पतन भएको यस छायानाथ ठाँउको उक्त स्थानमा पिचारोर महादेबको बासस्थान रहेको ठाँउ शिव,सत्यदेबी,बृद्घ,लगाएतका महादेब रहने र छायानाथको दर्शन गर्न कर्णाली अञ्चलका पाँच जिल्ला दैलेख, सुर्खेत , जाजरकोट, बाजुरा ,अछाम लगायतका २६ जिल्ला र भारतबाट समेत तिर्थालुहरु छायानाथको दर्शन गर्न आउने गरेको पुजारीको भनाई छ ।

 

साउन शुक्ल प्रतिपदा देखि नै तिर्थालुहरु छायानाथ दर्शनका लागि जाने गर्दछन । समुन्द्री सतह देखि ६ हजार मिटर भन्दा बढि उचाईमा रहेको छायानाथ मन्दिरमा जनै पुर्णिमाका विहान सम्म पुजापाठ गर्दै हिन्दु धर्मावलम्बीहरु बस्छन भने जनै पुणिमाको बेलुका सदरमुकाम तर्फ मुर्ति फर्काउने परम्परा रहेको छ ।

छायानाथ जिल्लाको पुर्वी कार्मारोङ्क गाउपालिकाको  डोल्फु गाँउमामा पर्छ भने त्यहाँ पुग्न सदरमुकाम देखि तिन दिनको पैदल यात्रा पछि पुग्न सकिन्छ । करान भेगमा बौद्ध धर्मालम्बीको बसोवास रहे पनि छायानाथ धामलाई बौद्ध र हिन्दु दुवै धर्मालम्बीहरुले आफ्नै परम्परा अनुसार पूजाआजा गर्ने चलन रहेको छ । दुई फरक-फरक धर्मालवम्बीहरुले शिव भगवानलाई अलग-अलग नामबाट पूजा गर्दा दुई धर्मावलम्बी बिच धार्मिक सहिष्णुता कायम गराएको स्थानीयवासीको भनाई छ । 


शिव भगवानले सत्यदेवीको लाश काँधमा राखेर घुमाउदै गर्दा शत्य देवीको अन्तिम शेष छायानाथमा खसेकाले यो धामलाई चार धाम मध्य जेठो धाम मान्ने गरेको पुजारी पुर्णप्रसाद चौलागाईले बताए । चौलागाईका अनुसार यो धाममा रहेका बहुमुल्य धातुका मुर्ती कति पुराना हुन भन्ने बताउन सकिने अवस्थामा छैनन । चैन गाउँमा रहेको मन्दिरबाट २०३६ सालमा र २०४२ सालमा मुर्ती चोरी भएका र दैलेखबाट पत्ता लागेर फिर्ता आएका चौलागाईले बताए । 


मन्दिरमा बहुमुल्य र निकै पुराना धार्मीक मुर्ती सुरक्षाका लागि प्रहरी चौकि नै रहेको छ । छायानाथ जाँदा बहुमूत्य मुति समत भएको हुदा नेपाल प्रहरी सुरक्षको लागी खटीएका छन । त्यस्तै अको तिर्थ स्थल ऋणी मोक्क्षका लागि सुरक्षाकर्मी सहित मुर्ती लिएर पुजारीको टोली आज छायाक्षेत्र तर्फ प्रथान गरेको छ ।  यो बेला जिल्लाका दुई स्थान छाँयानाथ र ऋणमोक्ष तिर्थ स्थलमा तिर्थालु हरुको घुईचो लाग्ने गरेको हुन्छ । पञ्चमीबाट बिश्वका सबै धर्मिक स्थानहरु खेलेका छन परमरिागत रुपमा चल्दै आएको सनातन धर्म अनुसार यस छायानाथ धाममा १४ अञ्चल ७७ जिल्ला तथा भारत , चिन बाट आ आफ्नो मनमा सोचेको बर माग्न,मन शान्ती घर शान्ती बिश्व शान्तीको लागी आउर्ने गरेको अर्का पुजारी भिम प्रसाद चौलागाईले बताएका छन । 


छाँयानाथ तिर्थ पुगेर फ्कीएका जुम्ला जिल्ला कनकासुन्दरी गाँउ पालिका १मा बस्ने गोबि बुढाका अनुसार पुखादेखी चलीआएको चला धार्मिक बिशुवार, सन्तान नभएकाहरुले तसे ठाँउमा पुगेर सन्तानको बर माग्दा सन्तान मिल्ने र मृत आफन्तहरुको सोवर्ग बासकोलागी पूजा समेत गरीने बिशुवार रहेको बताउछन |


यस बिषयमा तपाइको प्रतिक्रिया...!