मुगुमा अज्ञात समुहले जलायो वडा कार्यालय सहित ४ घर , सम्पर्ण सामान जलेर नष्ट

Posted on: 05 Aug, 2019

दान बहादुर बुढा |  साउन २०, मुगु | जिल्लाको खत्याड गाँउपालिको वडा नम्बर २ को वडा कार्यालय सहित ४ घर गए राति अन्दाजि १० बजे तिर जलेर पूर्ण रुपमा नष्ट भएका छन । भने मानवीय र चौयापको कुनै पनि क्षेतति नभएको जानकारी आएको छ ।

खत्याड गाँउपालिकाको वडा कार्यालयको सम्पूर्ण कागज पत्र लगाएत अन्य सामान पूर्णरुपमा नष्ट भएको छ । वडा कार्यालय संग जोडिएका स्थानिय बासीहरुका पसल भएका घर लाल बहादुर मल्ल,टक्क मल्ल,हरिकृण दाहाल,पदम बुढाको पसलको सामान सहित घर पूर्णरुपमा जलेर नष्ट भएको छ |  कसरी आगलागी भएको हो भन्ने कुनै पनि जानकारी आएको छैन  | आगलागी भएको घरहरु भन्दा बाहीर अन्य स्थानियको घरको बाहिर ढोकोको चुक्कुल लगाई दिएको पानि धार समेत काटीएको अबस्था देखीएको खत्याड गाँउ पालिकाका अध्क्षय उब्जन बहादुर शाहीले बताएका छन ।


शाहीका अनुसार ४ घरमा पसल रहेको हुदा घर भित्र रहेका ब्यापारीक सामानहरु अन्न लत्ता कपडा  सम्पूर्ण रुपमा जलेर नष्ट भएको छ । अहिले घटना स्थलमा प्रहरी आएर क्षेतीको एकीन बिवरण संकलनमा मुचुल्का गरिरहेका छन्  | क्षतिको कुनै बिवरण नआएको र आगजनि कसरी भएको हो कुनै जानकारी नआएको आगलागी पिडीत अहिले आफन्तको घरका बसेको  बताएका छन ।



आलगागी पिडीतका अनुसार हिजो आफु गाँउको घर तिर गई सकेको थिए आफन्त र छिमेकीका अनुसार ५ जनाको अपरितिच मुखमा माक्स लगाएर आएको टोलीले वडा कार्यालय रहेको घरको चारै तिर मट्टिले छरेको र आगजनि गराएको सुन्नमा आएको र आफु वडा कार्यालयको कर्मचारी भएको हुदा सामाजिक सुरक्षा भता समेत आफ्नो मोवाईल पसलमा राखेको नगद ११ लाख र ४ लाख आफ्नो घरको रकम गरि १५ लाख नगद जलेर नष्ट भएको छ । अन्य पसलको सम्पूर्ण सामान खरानि भएको विशेषगरि वडा कार्यालयलाई तारगेट गरेर आगजनि गराएका हुन वडा कार्यालय मुनि आफनो पसल र अन्य पसल लाईनमा जोडीएको हुदा अन्य चार घर पनि जलेर नष्ट भएको अग्नी पडित टक्क मल्लले बताएका छन । 


आगलागीको खवर प्राप्त भए पछि आगलागि स्थानतिर प्रहरी गहिरहेको आगलागी कुन समुहले गरेको हो । कसरी आगलागी भएको हो प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुले बताएको छ । आगलागी भएको स्थान मुगुको सदरमुकाम गमगढी देखी १ दिन सम्म लाग्ने जति टाढा रहेको छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!