हिमपातले बन्द कणाली राजमार्ग अझै खुलेन

Posted on: 06 Feb, 2019

दान बहादुर बुढा | माघ २३, मुगु | मुगुमा दुई हप्ता अघि परेको हिमपातका कारण बन्द भएको कणाली राजमार्ग अन्तरगत रहेको नाग्म गमगढी अझै खुलेको छैन् । 

जुम्ला र मुगु जिल्लाको बिच भागमा रहेको घुच्ची लेखमा बाक्लो हिँउ जमेका कारण सवारी साधन आवत जावत बन्द भएको हो ।

अहिले घुच्ची लेखमा ४ फिट भन्दा बाक्लो हिँउ परेका कारण हिँउले सडक बन्द भएको छ । जमेको हिँउलाई हटाउनको लागी मुगु उद्योग बाणिज्य संघ र जिल्ला प्रशासन कार्यालय मुगुको पहलमा सडक डिभिजन कायालय जुम्लाबाट आएको स्काभेटरले जुम्लाको भुलभुले, घुच्चीलेखमा हिँउ हटाउने काम सुरु गरेको छ ।

स्काभेटरबाट सडक खुलाउन थाले पनि हिँउ हटाउन अझै ३, ४ दिन समय लाग्ने स्काभेटर चालकले बताएका छन । 

निकै चिसो रहेकोले जोखीम मोलेर काम गर्नु परेको चालकले बताएका छन । सडक अवरोधकै कारण गमगढी बजारमा दैनिक उपभोग्य सामान ग्यास, हिजल, पेटोल, खाद्यान्न, औषधी, निमार्ण आयतमा कठिनाइ भएको छ |

हिँमपात नहुदै माल सामान ल्याएर गमगढी आएका दजनै भन्दा बढी मालबाहक गाडी सदरमुकाम गमगढी बजार ताल्चा बिमान स्थल नजिकै थन्कीएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!