दुई दर्जन चालकको आखा परिक्षण

Posted on: 31 Jan, 2019

दान बहादुर बुढा | माघ १७, मुगु | सदरमुकाम गमगढीमा साना तथा ठुला सवारी साधनका चालक तथा सहचालक गरि दुई दर्जनको आखा परिक्षण गरिएको छ ।

 विहिवार अस्थायी ट्राफिक कार्यालय मुगुको अगुवाईमा जिल्ला भित्र र जिल्ला बाहिर आवत जावत गर्ने साना तथा ठुला सवारी साधनका चालक र सहचालकको आखा परिक्षण गरिएको अस्थायी ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब निरिक्षक कलकबहादुर शाहीले जानकारी दिए । 


सवारी चालकले आफ्नो आखा, स्वास्थ्यको अवस्था बारे राम्रोसंग जानकारी पाउँदा समयमा नै उपचार गर्न सकोस र खराव स्वास्थ्य अवस्था भएकै वेला सवारी चलाउदा कुनै पनि बेला दुर्घटना हुन सक्ने हुँदा यस विषयमा सचेत र सजग बनाउन सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको शाहीले बताए । सदरमुकाम गमगढी देखि सुर्खेत ,नेपालगञ्ज र जिल्ला भित्रै सवारी साधन चलाउदै आएको करिब दुई दर्जन सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको छ ।

आखा चेक जाच गर्न आएका सवारी चालकहरुमा तेस्तो कुनै पनि समस्या नआएको तर  सबारी चाहकहरुले भाबिदिनको लागी आफ्नो आखाको सुरक्षको लागी चश्मा लगाउन सुझाब आखा अस्पताल मुगुका डाक्टर धुर्व बुढथापाले बताएका छन ।      

यस बिषयमा तपाइको प्रतिक्रिया...!