तीन महिनादेखि बन्द नाग्म गमगढी सडक खुल्यो, तर जोखिमपूर्ण उस्तै

Posted on: 17 Mar, 2019

स्वस्तिका शाही | चैत ३, मुगु | भारी हिमपातका कारण तीन महिनादेखि  अबरुद्ध  नाग्म – गमगढी सडक सञ्चालनमा आएको छ । मुगु र जुम्लाको सिमानमा पर्ने घुच्चीलेखकको सात मोड, भुलभुलेमा ५ फिल सम्म हिउँ जमेर बन्द भएको सडक शनिबारबाट बाट सञ्चालनमा आएको हो । 

सडक पुसको अन्तिम साता देखि हिमपातले बन्द भएको थियो ।  सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यलय जुम्ला छायाँनाथ रारा नरपालिका , जिल्ला प्रशासन कार्यलय, मुगु उद्योग बाणिज्य संघ, नेपाल प्रहरी, शसस्त्र प्रहरीको पहलमा जुम्लाको भुलभुलेदेखि मुगुको झाडनाउलासम्म डोजर लगाएर हिउँ हटाएपछि शनिबारबाट अबरुद्ध सडक सञ्चालनमा आएको हो । सडक खुलेपछि यातायातका साधान साना गाडी र ट्याक्टर सन्चालनमा आएका छन् । तीन महिनादेखि सडक अबरुद्ध हुदाँ निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको र दैनिक उपभोग्य सामानाको अभाभ भएको थियो । ठूला सवारी साधन नियमित सञ्चालनमा ल्याउन अझै केहि दिन लाग्ने छायाँनाथ रारा नगरपालीका अध्यक्ष हरिजंग शाहीले बताए । सडक बन्द हुदाँ नागरीकले पैदल यात्रा गरी जुम्ला सम्म यात्रा गर्न बाध्य भएका थिए । 


जोखिमपूर्ण नाग्म गमगढी सडक


गमगढी–नाग्म सडक खण्ड सबैभन्दा जोखिमपूर्ण रहेको छ । झ्यारीखोला, ताल्चामैतु, एसमोड, सातमोड, पिनालगायत खण्डमा  हिउँद हिउँले  बर्षा पानी पर्ने्बित्तिकै हिलो हुन्छ । पहिरोको खतरा पनि उत्तिकै हुने गर्छ । बढी लोड बोकेका सवारी हिलोमा फस्दा निकाल्नै गाह्रो हुने चालक जुम्लाका बिर्ष थापाले बताए ।

ट्रयाक खुलेको ६ वर्ष बित्दासम्म पनि नाग्म गमगढी सडक कालोपत्रे नहुँदा यो सडक बर्षमा ४ महिना मात्र यातायातका साधन चल्ने र बाँकी महिना सडक बन्द हुने गरेको छ । सरकारले सडक स्तरोन्नतिमा ध्यान नदिँदा नागरीकले सास्ती खेप्नु परेको छ । जोखिमपूर्ण सडकका कारण पर्यटकीय गन्तव्य रारा आउने यात्रुले पनि निकै हैरान ब्याहोरी फर्किने गर्दछन । जोखिम पुर्ण सडकले गर्दा एक पटक रारा आएका पर्यटक पुन: आउन डराउछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!