मुगुका अदान सिंहले गरे दुध बेचेर मासिक २ लाख आम्दानी

Posted on: 23 Jul, 2019

दान बहादुर बुढा  | साउन ७, मुगु | मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा रहेको रारा नमुना क्याटल र्फम बाट दुध बिक्री गरेर मासिक २ लाख आम्दानी गर्ने गरेका छन । पछिल्लो समयमा बजारमा दुधको अत्याधिक माग बढेको हुदाँ ग्रहाकको माग लाई मध्य नजर गदै छायानाथ रारा नगरपालिका १ गमगढीको तल्लो बजारमा रहेको रारा नमुना क्याटल र्फम सन्चालनमा आएको हो ।

बिगमा खेतीपाति गदै आएका थिए |  पछिल्लो समयमा गमगढी बजारमा दुधको माग निकै आवश्यक देखीएको हुदाँ आफ्नै निजि २० लाख लगानी गरेर नेपालगन्जबाट ४ वटा जर्सी गाई १ वटा होलिस्टोन फुजियल जातको गाई ल्याएर सन्चालन गरेको छु |  दैनिक ३५ लिटर दुध उत्पादन हुन्छ, बजारमा दुधको माग निकै छ तर माग अनुसारको पूर्ति गर्न सकिएको छैन । हिजो आज ४ जनालाई रोजगारी दिएको छु । प्रति लिटरको १ सय ४० रुपैयाले दुध मारामार गरेर बिक्री भई रहेको छ । फर्ममा आएर दुध बिक्री भई रहेको छ । फर्म सन्चालक अदानसिंह शाहीले बताए । 

शाहीका अनुसार  १० वटा जर्सीगाई ल्याउने लक्ष्य भए पनि आर्थिक कमजोरीका कारण ५ वटागाई ल्याउन सफल भएका छै । गाई र्फममा  बिहान बेलुका दिनमा दाना, घाँस पानी ब्याप्त भएका छै ।  मासिक १ लाख ५० हजार भन्दा बढीको रुपैयाको कारोवार भई रहेको छ । कुल आम्दानीको ४०प्रतिशत दाना, घाँस,औषधी उपचार र अन्य  खर्चमा जान्छ, भने ६० प्रतिशत फाईदा भएको उनको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!