मुगु कांग्रेस सरकारको बिरुद्ध सडकमा

Posted on: 31 Jul, 2018

दान बहादुर बुढा | साउन १५, मुगु | बाम गठबन्धनको सरकारले दैनिक उपभोग्य बस्तु डिजल/प्रेटोलको मुल्य वृद्धि लगायत कांग्रेसी सरकारको पालामा गरिएको निर्णयहरुलाई उल्टाईएको भन्दै मुगु कांग्रेस सरकारको बिरुद्धमा सडक तताएको छ ।

मूल्य वृद्धि लगायत बाम गठबन्धन सरकारले संघियता र प्रदेश सभाको सभामुख उपसभामुख अलग-अलग दलबाट व्यवस्था गर न्यायालय प्रतिको अबैधानिक क्रियाकलाप, ६५ बर्ष भन्दा बढी उमेरकालाई वृद्धभत्ताको निर्णय कायम गर दिर्गरोगीलाई जिविकोपार्जनको लागी ५ हजारको ब्याबस्था, भूकम्प पिडीतलाई थप १ लाख राहात, चिकित्सक शिक्षा बिधेयक कायम गर आकासियको मूल्य वृद्धि कम गर, स्वतन्त्रता प्रेसको अधिकार दे बाढीपिडीतलाई आपतकालीन ब्याबस्था गर जस्ता माग र नारा सहित महाकाली उच्च माध्यामिक बिद्यालयबाट निस्केको जुलुस मिलनचोक, अदालत, शिक्षा कार्यालय न्यूरोट हुँदै कृष्ण चोकमा कोण सभा गरीएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!