गोरु काटेको अभियोगमा चार पक्राउ

Posted on: 09 Feb, 2021

माघ २७, मोरङ । मुस्ताङमा गोरु काटेको अभियोगमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  ।

थासाङ गाउँपालिका–४ घाँसाका २६ वर्षीय अर्पण श्रेष्ठको घरमा बस्ने, ५३ वर्षीय लालबहादुर श्रेष्ठ, ३७ वर्षीय सनिश श्रेष्ठ तथा पहिरो थाप्ला बस्ने १३ वर्षीय निश्चल विक र ३७ वर्षीय पूर्ण विकलाई गोरु काटेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोरु काटेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जाँच गर्दा निजहरुलाई गोरुको टाउको र मासुसहित फेला पारेको प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेशका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभएको छ । यस विषयमा प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको उहाँको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!