छात्राले गृहकार्य देखाउन जाँदा प्रअले भित्रबाट चुकुल लगाएर गरे बालात्कार

Posted on: 24 Jan, 2020

माघ १०, काठमाडौँ | विराटनगरस्थित एक मदरसामा अध्ययनरत दुई छात्रा यौन दुर्व्यवहारको शिकार भएका छन्। उनीहरुले आफूलाई अध्ययन गराउँदै आएका मदरसाका मोलबीबाट दुर्व्यवहारको शिकार भएको बताएका छन् |

विराटनगर–८ अशोकचोकमा रहेको मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई छात्रा यौन दुर्व्यवहारको शिकार भएका हुन्। सो मदरसाका प्रधानाध्यापकसमेत रहेका मेलबी अमिरुद्दिनले माघ ७ गते र माघ ८ गते गरी मदरसामा अध्यनरत कक्षा ५ र ६ का दुईजना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ |

मदरसामा अध्ययन गर्ने क्रममा गृहकार्य सुनाउन कोठामा जाँदा मोलबी अमिरुद्दिनले भित्रबाट कोठाको चुकुल लगाएर यौन दुर्व्यवहार गरेको पीडित छात्राको भनाइ छ -यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!