विराटनगरमा लेखापरीक्षक प्रवल घिमिरे मृत फेला

Posted on: 21 Jan, 2020

माघ ७, मोरङ | विराटनगरमा प्रवल एण्ड एसोसिएट फर्मका सञ्चालक लेखापरीक्षक प्रवल घिमिरे सिंघिया खोलामा मृत फेला परेका छन् | विराटनगर महानगरपालिका–२ तीन पैनीका स्थायीबासि ५० वर्षीय घिमिरे मृत फेला परेका हुन् |

उनी सोमबार साँझ बजारबाट घर जान भन्दै हिँडेका थिए  | अबेर सम्म घर नाएपाची परिवारले प्रहरीलाई जानकारी गरायो | त्यसपछि उनी मंगलबार खोलामा डुबेको अवस्थामा शव फेला पारेको हो | प्रहरीका अनुसार  उनको साथबाट मोटरसाइकलको चाबी र पर्स भेटिएको छ |

सोमबार बेलुका साथीले बोलाएपछि मोटरसाइकलमा घरबाट निस्कीएका घिमिरे साथीको गाडीमा आमाज बेकरी हुँदै होटल मुन पुगेका थिए | घरबाट फोन आएपछि उनी घर जाने भन्दै निस्किएका थिए | उनका आफन्तले भने घटना संकाश्पद भएको बताएका छन |

शव पोष्टमार्टमका लागि कोशी अस्पतालमा पठाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!