वीपी प्रतिष्ठानमा रुखले किचेर २ जना घाइते

Posted on: 08 Aug, 2019

साउन २३, धरान | बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको निःशुल्क पार्किङ परिसरमा रहेको सखुवाको रुख अचानक ढलेर दुई जना घाइते भएका छन् । घाइते दुवैको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ |

घाइते हुनेमा जनकपुर वडा नं. ३ का जितेन्द्र यादव र उनका पत्नी अन्जली यादव हुन् । प्रतिष्ठानको पियाआईसियूमा छोराक्रितिक यादवको उपचार गराइरहेका उनीहरुलाई बाटोमा हिँड्दा हिँड्दै रुख ढलेर किचेको हो । मानवीयताको हिसाबले घाइते दुवैजना र बिरामी छोराको औषधि र उपचार खर्च निःशूल्क गरिने प्रतिष्ठानले बताएको छ  । पार्किङ गरेर राखेको धरान १५ मिलन पथका बाबुराम राईको को.२.ह. ५५७५ नम्बरको टेम्पोलाई समेत पूर्णरुपले रुखले क्षति पुर्याएको छ ।

 रुख ढलेर ठूलो एवम् अप्रिय क्षति नभएको भएतापनि भविष्यमा हुनसक्ने दुर्घटना रोक्न प्रतिष्ठान पसिरमा रहेका बुढो रुखहरुको कटान गरी नयाँ वृक्षरोपण गर्नुपर्ने आवश्यकता रहेको प्रतिस्ठानको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!