कविता 'फेसबुके जहर'

Posted on: 12 Oct, 2020

हरेक विहानका मिर्मिरे उषाहरुलाई

फेसबुके किराले चुसिरहँदा,

सम्वन्ध टुटाएर संसार जोड्ने

तितो सत्य भित्र मान्छेको जुनी लुकिरहँदा,

प्रविधिको सत्रुता कसरी हराउँला र खै

बेहाल समयमा म कसरी जिउँला र खै ।

---

जोड्यौ होला तिमीले संसारलाई एक ठाउँ

तर किन पलाइरहेछ मन भित्र घाउ,

मान्छेको सम्वन्ध बासनाको खेलौना हैन

फेसबुके प्रविधिमा कहाँ छ र चैन,

न निँद छ रातमा न चैन छ साथमा

ति जुटेका खुशीहरु रहँदैनन् हातमा ।

---

शंका भित्र लंका जल्दा आफ्नै मुटु बिरानो भाछ,

जुटेको मन टुट्नु पर्ने फेसबुकको सफलता रैछ,

हत्या हिंसा बलत्कार फेसबुकै उपहार

नाइकेलाई नि यहाँ कानुन नलाग्ने रैछ,

आफ्नो तोडेर पराई जोड्ने क्या सफलता छ यहाँ,

रहर भित्र जहर घोल्ने फेसबुके महाराज कहा कहाँ ।

---

आफ्नै छोराले बिर्षन्छ बात्सल्यको प्रेम,

अन्दाधुन्द चल्छ छुरा अँधेरी रातहरुमा,

बिलाइरहेछन् सम्वन्धका मिठा नाताहरु,

सल्बलाईरहेछन् घरघरमा फेसबुके जहरहरु,

प्रेमको पासो थापेर नगरेकै बेश डरलको खेती,

अधुरो खुशीमा हराइरहेछन् फेसबुके जुकर्बर्गहरु ।

- लिला बल्लभ नेपाल, बिराटनगर


यस बिषयमा तपाइको प्रतिक्रिया...!