कविता "बेहाल म"

Posted on: 01 Oct, 2020

मायाँ संगालेका मायालुका भावनाहरुमा,

पृय लाग्छन् नसाले झुलेका नसालु ओठहरु,

सधै लठ्ठ पार्ने ती आँखाका जोसिला चोटहरु,

जुरुक्क उठ्छ प्रेमिलका वासनाको जोस,

सजाइरहुँ ती बारुदी धारिला हतियारहरु ।

---

पराजित गरिरहेछ ती ओठहरुले

सूर्यका अनगिन्ति किरणहरुलाई,

जहाँ अन्तर मनका हतियारहरु सल्बलाइरहेछन्

अंगालोको बासनाका अतृप्त यादहरु सँग,

यौवनका वासनाहरु चंचलतामा रमाइरहँदा

सुख भोग बन्दो रैछ ती अनगिन्ती स्पर्शहरु ।

---

शिर्र शिर्र चलिरहने चिसो शान्त बतासको चुम्वन,

कति मिठो होला कोपिला झैं बासनाको प्रेम,

कुनै  गुनासो छैन स्मृतिका रंगिन रातहरु सँग

जहाँ चलाईएको थियो कुरुक्षेत्रको लडाईं,

धारिला ओठहरुको अनगिन्ति आक्रमणले वेहाल म ।

 ---

हराईरहेंछु  म तरंगित ज्वालामुखी सँग,

गरिरहेंछु उर्लदो यात्रा मधुर मुस्कान सँग,

जहाँ गरिरहेँछु म चिसो मिठो चुम्वनको यात्रा,

रेटि रहेछन् ती कामुक नजलहरुले पल पल,

सल्बलाईरहेछन् युद्ध छेड्ने हतियारहरु

यी प्रेमका जीवित आनन्दहरु सँग । 

---

- लिला बल्लभ नेपाल, विराटनगर 


यस बिषयमा तपाइको प्रतिक्रिया...!