अनुष्का घिमिरेको 'अन्तै नाता' लोकदोहरी गीत सार्बजनिक (भिडियोसहित)

Posted on: 04 Feb, 2017


रोशन पोखरेल/माघ २२, विराटनगर । नेपाली गीत संगीत पारखीहरुका  लोक दोहोरीको भाकालाई सुरिलो भाकामा समावेश गर्ने क्रम नव प्रवेशीको दिन प्रतिदिन आगमन भैरहेको छ । 

यसै क्रममा भावना म्युजिक प्रालीको प्र्रस्तुतिमा नव गायिका अनुष्का घिमिरेले नयाँ लोक दोहोरी गित 'अन्तै नाता' बजारमा ल्याएकी छिन  । गायिका अनुष्काको कर्णिप्रय आवाजमा गायक सन्तोष धतानीले आफनो आवाज सजाएका छन भने गितको शब्द तथा संगीत  गायिका आफैले भरेकी छिन । 

विछोडको पिडामा रहेका प्रेमी प्रेमीकाको भावनालाई समेटेर तयार पारिएको भिडियोमा अभिनय भने अनुष्का घिमिरे र विमल अधिकारीको रहेको छ । भिडियोलाई राजेश घिमिरेले क्यामेरामा कैद गरेका छन भने विमल अधिकारीले निर्देशन गरेका छन । 

साथै कलाकारको अभिनयलाई जिवन्त राख्नको लागी भिडियोमा सुरज शाहिले सम्पादन गरेका छन । नयाँ गायिका भएपनि यस गितले दिन प्रतिदिन रुपमा एल्वमको चर्चा चुलिदै  गएको गायिका घिमिरेले जानकारी दिइन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!