मस्र्याङ्दी नदीमा हाम फालेर एक व्यक्ति बेपत्ता

Posted on: 07 May, 2019

 वैशाख २४, पोखरा मनाङस्थित मस्र्याङ्दी नदीमा हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन् । 

मनाङको नासो गाउँपालिका–३ घर भई हाल चामे गाउँपालिका–३ नयाँबजार बस्ने १९ वर्षीय रोशन गुरुङ बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार घटनाका विषयमा थप अनुसन्धानसहित खोजी कार्य जारी रहेको छ ।

कुटपिटबाट बालक घाइते

त्यसैगरी पोखराको महेन्द्रपुलमा चिरपट दाउराको प्रहारबाट एक बालक घाइते भएका छन् । मकवानपुर घर भई हाल पोखरा–९ महेन्द्रपुलमा बस्ने २५ वर्षीय लक्ष्मी राईले चिरपट दाउराले प्रहार गर्दा सोही स्थान बस्ने सीता राईका १८ महीनाका छोरा उज्वल राई गम्भीर घाइते भएका छन् । घाइते नाबालक उज्वलको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने कुटपिट गर्ने लक्ष्मीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!