कांग्रेसले मनाङको प्रदेशसभा ‘क’ बाट खाता खोल्यो

Posted on: 08 Dec, 2017

मंसिर २२, काठमाडौं । कांग्रेसले मनाङबाट जितको खाता खोलेको छ । 

कांग्रेसका चिन्तबहादुर घलेले मनाङको प्रदेश सभा क बाट जित हात पारेका हुन् । विजयी घलेले ९ सय ९८ मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी एमालेका धोर्जे डण्डुल गुरुङलाई १०२ मतअन्तरले हराउँदै उनी विजयी भएका हुन् ।

एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत पाएका हुन् । मनाङको प्रदेश सभा खमा भने एमालेका समर्थन पाएका राजीव गुरुङ (दीपक मनाङे) जितेका छन् । प्रतिनिधिसभामा भने एमालेका पाल्देन छाोपाङ गुरुङ विनजी भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!