मकवानपुरको भीमफेदीबाट २ सय २९ केजी गाँजा बरामद ।

Posted on: 02 Oct, 2020

असोज १६, हेटौंडा ।

मकवानपुरको भीमफेदीबाट प्रहरीले २ सय २९ केजी गाँजा बरामद गरेको छ । तर, यतीका धेरै गाँजा बरामद गरेपनि प्रहरीले गाँजा ओसार पसारमा संलग्न र कोरोबारीलाई भने पक्राउ गर्न सकेको छैन । गाँजा त्यतीकै अलपत्र अवस्थामा भने थिएन । भारत निकासी गर्न लागिएको गाँजा ओसार पसरा गर्ने र कारोबारी समेतको संलग्नता भएपनि ठुलो परिणामको गाँजा मात्र फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ९ ढुङ्गेन नजिकै भित्री बाटोको छेउ खोल्सीमा लुकाई छिपाई राखेको अवस्थामा ९ बोरा गाँजा बरामद गरेको हो । ९ बोरामा १८ वटा बण्डल बनाएर लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी रानाले बताउनुभयो । उक्त गाँजामा संलग्नहरुको खोजिकार्य भैरहेको समेत प्रहरीको भनाई रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!