सहयोगी मन नेपालले दोश्रो स्थापना दिवस मनायो ।

Posted on: 27 Sep, 2020

असोज११,मकवानपुर

सामाजिक कार्यमा सकृय सहयोगी मन नेपालले आफ्नो दोश्रो स्थापना दिवस विशेष कार्यक्रम गरी मनाएको छ। मकवानपुरमा रहेर विभिन्न सामाजिक कार्य गर्दै आईरहेको संस्थाले आज हेटौडा गौरिटारमा विशेष कार्यक्रम सहित स्थापना दिवस मनाएको संस्थाका अध्यक्ष केदार चौलागाईले बताउनुभयो । कोरोना भाइरसको कारणले देशमा बन्दा बन्दी हुदा, बिपन्न ज्याला मजदुरहरुले खाना नपाएकाहरुलाई सहयोग गर्दै अब्बल सकृएता देखाएको संस्थाले स्थापना दिवसको अवसरमा बृद्धा सम्मान,अशक्त ब्यक्तीलाई सहयोग सँगै छात्राबृती पनि प्रदान गरेको छ।

जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष चौलागाईको अध्यक्षता रहेको थियो । कार्यक्रममा बृद्धा सम्मान तर्फ हेटौंडा ६कि १सय १ बर्ष कि बेद माया सापकोटालाई सम्मान गरिएको थियो भने अशक्त राजकुमार दुलाललाई पनि सहयोग गरिएको छ। त्यस्तै कार्यत्रक्रम अन्तर्गत जेहेनदार विद्यार्थीको लागी सहयोग पुगोस भन्ने उद्यस्यले जनप्रीय नमुना माबी लाई ६हजार रासिको छात्र बृतीपनि प्रदान गरिएको थियो। 

कार्यक्रममा हेटौंडा- ६ नम्बर वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, १६ नम्बर वडा अध्यक्ष राकृष्ण कोइराला, १५ नम्बर वडाअध्यक्ष महारत्न लामा, राप्रपा नगर अध्यक्ष गुरु प्रसाद सापकोटा, नेपाली कांग्रेसका नगर सभापति आनन्दराम पराजुली, श्रीकृष्ण प्रणमी सेवा समितिका केन्द्रिय सदस्य रामकृष्ण तीवारी, बद्री प्रसाद चौलागाईलगायतको उपस्थिती थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!