गाउँपालिका उपाध्यक्षको राजीनामा स्वीकृत

Posted on: 03 Jan, 2021

पुस १९, मकवानपुर | मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । 

अध्यक्षको क्रियाकलापलगायत कुरामा असन्तुष्टि जनाउँदै उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!