अवरुद्ध सडक पुनः सञ्चालनमा

Posted on: 06 Aug, 2020

साउन २२, टिस्टुङ । राति वर्षासँगै चलेको हुरीबतासका कारण त्रिभुवन राजपथको दामन नजिकैको जङ्गलमा दर्जनौँ ठूला रुख ढलेका छन् । हुरीबतासले राजपथको शिखरकोट–दामनखण्डको नयाँगाउँ भन्ने स्थानमा दर्जनौँ उतीसका रुख ढालेको स्थानीय ऋषेश्वर सामुदायिक वन उपभोक्ता समितिका सदस्य राजकुमार पन्थले जानकारी दिनुभयो ।

रुख ढलेर सडक नै छेकिएपछि मध्यराति केहीबेर यातायात अवरुद्ध भएको थियो । सवारी चालक र सहयोगीहरुले ढलेका रुख पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको थियो । आज बिहान सडक विभागका स्थानीय कर्मचारीले सडकमा ढलेका रुख हटाएपछि सडक पूर्णरूपमा सञ्चालनमा आएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!