६ किलो सुन सहित एकजना भातीय पक्राउ

Posted on: 03 Mar, 2020

फागुन २०, काठमाडौं | मकवानपुरमा ६ किलो अवैध सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् | 

उक्त परिणाम बराबरको सुनसहित भारतीय नागरिक अब्दुल मजिद अनेकल  पक्राउ परेको प्रहरीले जनाएको छ | काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको  बस चेकजाँचका क्रममा हेटौंडा–१५ स्थित रातोमाटेमा सुन सहित प्रहरीले पक्राउ गरेको हो | 

प्रहरीले आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!