आत्महत्या गरेकी एक महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि

Posted on: 03 Sep, 2020

भदौ १८, जलेश्वर । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा आत्महत्या गरेकी एक महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बर्दिबास ३ गौरीडाँडामा बुधबार  आत्महत्या गरेकी स्थानीय  ८७ वर्षीया महिलामा कोरोना सङ्क्रमणको रिपोर्ट आएको जानकारी दिनुभयो । 

ती महिलाको यही भदौ १५ गते कोरोना परीक्षण गरिएको थियो । मृत्युपश्चात् उनी कोरोना सङ्क्रमण रहेको रिपोर्ट आएको नगरप्रमुख कार्कीले बताउनुभयो । यसअघि मृतक महिलाको घरका अन्य तीन जना सदस्यमा भदौ ११ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!