सोनमा गाउपालिकामा शिक्षकको आन्दोलन फिर्ता

Posted on: 27 Nov, 2019

धर्मेन्द्र कुमार यादव | मङ्सिर ११, महोत्तरी | महोत्तरी जिल्लाको सोनमा गाउपालिकामा शिक्षकहरुले गरेको आन्दोल्न फिर्ता गरिएको छ । सोनमा गाउपालिका भित्र रहेका ६ जना अनुदान शिक्षकहरुले तलब भत्ता नपाएको भन्दै नेपाल शिक्षक महासंघले जारी गरेको आन्दोलनको सम्पुर्ण कार्यक्रम फिर्ता भएको छ । 

नेपाल शिक्षक महासंघको वर्ता टोली र सोनमा गाउपालिकाको कार्यालय बिच सोमबार बार्ता भएपछी कार्यक्रम फिर्ता गरिएको थियो । दुइ जना प्रा बि, दुई जना नि मा बि र दुई जना मा बि का अनुदान शिक्षकहरुको तलब भता नपाएको भान्दै महासंघले आन्दोलनको कार्यक्रम घोषना गरेका थिए। अनुदान शिक्षकहरुको असार मसान्त सम्मको अपुग रकम मंसिर मसान्त भित्र निकासा गर्ने सहमती भएपछी आन्दोलनका कार्यक्रम समेत फिर्ता भएको कुरा नेपाल शिक्षक महासंघ सोनमा गाउपालिकाका उपाध्यक्ष तथा बर्ता टोलीका सद्स्य धर्मेन्द्र कुमार यादबले जानकारी गराएको छ ।


नेपाल शिक्षक महासंघका सह अध्यक्ष राम कैलाश यादबको संयोजकत्वमा ६ सदस्यीय बार्ता टोली चयन गरिएको थियो। बार्ता टोलीमा कौशल यादव, दयाराम यादब, धर्मेन्द्र कुमार यादब, सरोज यादब, राम पृत ठाकुर रहेका थिए। उता सोनमा गाउपालिका को तर्फबाट गाउपालिका प्रबक्ता अशोक कुमार यादव र शिक्षा संयोजक राज कुमार साह रहेको थियो। माग पूरा गर्ने सहमती भएपछी दुबै बर्ता टोलीले संयुक्त रुपमा निर्णयहरुमा हस्ताक्षर गरेका थिए।

त्यस्तै गौशाला नगर पालिका र राम गोपालपुर नगर पालिकामा रहेको करीब ५० जना अनुदान शिक्षकहरु तलब भता खान बाट बन्चित भएका छ्न। दुबै नगर पालिकाको शिक्षा संयोजक र लेखापालको कमि कमजोरीका कारन शिक्षकहरु अनुदान रकम पाएको छैन, अब चाडै शिक्षक अनुदान रकम निकासा गरेन भने नेपाल शिक्षक महासंघ आन्दोलन गर्न बाध्य हुने कुरा नेपाल शिक्षक महासंघ गौशालाका उपाध्यक्ष सुनिता महतोले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!