महोत्तरीको लक्ष्मीनियाँ वनक्षेत्रमा फेला परेको मृतकको पहिचान खुल्यो

Posted on: 18 Oct, 2019

कात्तिक १, महोत्तरी | बिहीबार राति पूर्वपश्चिम राजमार्गको  लक्ष्मीनियाँ वनक्षेत्रमा सडक दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुनेमा बर्दिवास नगरपालिका–४ का ३० वर्षीय दिलीप महतो र १९ वर्षीय कुलदीप महतो रहेका छन् । 

गएराति गस्तीमा गएको प्रहरी टोलीले दिलीप र कुलदीपलाई राजमार्गमा मृत भेट्टाएको थियो । प्रहरीले दुवै शव परीक्षणका लागि बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा ल्याएको थियो । मृतकको पहिचान आज खुलेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिनुभयो । उनीहरुले प्रयोग गरेको ज४प २३९० नंको मोटरसाइकल घटनास्थलमा फेला परेको छ । 

घटनास्थलमा एउटा राँगासममेत घाइते अवस्थामा फेला परेको थापाले बताउनुभयो । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!