महोत्तरीमा अवैध रकम २१ लाख सहित एक युवक पक्राउ

Posted on: 07 Aug, 2019

साउन २२, महोत्तरी । महोत्तरी जिल्लाको मटिहानीबाट सशस्त्र प्रहरीले अवैध रुपमा २१ लाख २२ हजार सहित एक युवकलाई पक्राउ गरेको छ । मङ्गलवार बिहान सिमावर्ती क्षेत्र मटिहानी नगरपालिका–९ स्थित हनुमान चोकबाट महोत्तरी गाउँपालिका–१ डाम्ही बस्ने ३५ वर्षीय सुरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । 

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट  सुराकीको अधारमा प्रहरीले ठाकुरलाई चेकजाँच गर्ने क्रममा सो रकम फेला पारेको छ । स्रोत नखुलेको २१ लाख २२ हजार नगद सहित ठाकुरले ज ११ प १७३२ नम्बरको मोटरसाईकलमा जलेश्वरतर्फ गइरहेको बेला हनुमान चोकमा प्रहरीले चेकजाँच गर्दा सो रकम बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

ठाकुरले बोकेको रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नगदसहित सम्पत्ति शुद्धिकरण विभाग ललितपुर आजै पठाइएको छ । सशस्त्र प्रहरीले सोमवार पनि मटिहानीबाट १५ किलो अवैध चाँदीसहित एक युवकलाई पक्राउ गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!