महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षको निधन

Posted on: 21 Apr, 2019

 वैशाख ८, गौशाला । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको आज बिहान निधन भएको छ । पाँच/छ दिनअघि अचानक बिरामी भई हेलिकप्टरमार्फत काठमाडौँं लगिएकामा ४५ वर्षीय चौधरीको आज उपचारका क्रममा काठमाडौँंमै निधन भएको राष्ट्रिय जनता पार्टी नेपालका महोत्तरी जिल्ला संयोजक रामप्रगास यादवले बताउनुभयो ।

राजपाबाट पिपराका अध्यक्षमा निर्वाचित चौधरीको आज बिहान १० बजे काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको संयोजक यादवले बताउनुभयो । अध्यक्ष चौधरीले निर्वाचित भएदेखि नै पटक पटक बिरामी भएर भारतको दिल्लीसम्म उपचार गराउनुभएको थियो ।  पाँच÷छ दिनअघि पुनःएक्कासि बिरामी भएपछि उहाँलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो ।   चौधरीको शव जिल्ला ल्याउने तयारी भइरहेको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!