फिदिममा मैदारोे उपन्यासको चर्चा

Posted on: 26 Aug, 2019

कमल घिमिरे।भदौ९।पाँचथर,कवि तथा उपन्यासकार भूपिनको नवीनतम उपन्यास मैदारोको आज पाँचथरको फिदिममा विमर्श गरिएको छ ।

 नौलो साहित्यिक बिहान प्रतिष्ठान र पाँचथर गजल मञ्चले आयोजना गरेको कार्यक्रममा साहित्यकारहरु धर्मेन्द्र नेम्बाङ, प्रकाश थाम्सुहाङ र प्रेम ओझाले  उपन्यासबारे चर्चा गर्नुभएको थियो थियो भने विमर्शको सहजिकरण पाँचथरे सााहित्यकार राज दिलाञ्जलीले गर्नुभएको थियो। 

 वक्ताहरुले जातीय विभेद र उत्पीडनका कथा समेटिएको मैदारो समतामुलक समाज निर्माणको चाहना प्रकट गरिएको शशक्त कृति भएको बताउनु भएको  थियो । कार्यक्रममा बोल्दै उपन्यासका लेखक भूपिनले विश्वलाई सुनाउनै लाजमर्ने गरीको अवस्थामा रहेको नेपाली समाजको रुपान्तरणका लागि मैदारो लेख्नुपरेको बताउनुभएको थियो ।

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!