बिन्ती छ मात्र अब, घर घरमा प्रेम संजेल पठाई दे (गजल)

Posted on: 05 May, 2019

छाड़ा भए पिचासहरु अंकुस लगाउने नेल पठाई दे

जगाउनु परो शिवजी, भाँग-धतुरो अनि बेल पठाई दे

---

बाको जीवन बित्यो मरुभूमिमा सपना साट्दा साट्दै

अझै कत्ती पालनेहो सरकार, कृपया एउटा मेल पठाई दे

---

यता सुक्का पैसा छैन सिटामल किन्न बा-आमालाइ

खुसी हुन्छन मलामी, आर्यघाट लैजाने रेल पठाई दे

---

अब छाड़ि सके बल्न चुलो, गरीबको झुपडीहरूमा

ए जनताका जननायक, छाक टार्न नुन-तेल पठाई दे

---

काण्डै काण्डले स्खलित हुन थाल्यो तिम्रो रास्ट्रबाद

म बिरोधी हूँ हान अश्रुगोला, र स्पेसल शेल पठाई दे

---

तैले नसकेको काम गर्दैछन सुन्तलीहरु यो देशमा

ब्वासांहरुलाइ जालझेल गर्ने, कुनै खेल पठाई दे

---

सरकार भई लाचार, हेर्दैछ बढ्दो भ्रस्टाचार

बिन्ती छ मात्र अब, घर घरमा प्रेम संजेल पठाई दे

- प्रकाश क्षेत्री 

यस बिषयमा तपाइको प्रतिक्रिया...!