नाम उपन्यासमा मेरै जीवनीको कथा समावेश गरिएको महसुस भयो सांसद पदम गिरी (भिडियो)

Posted on: 06 Oct, 2018


शिला पाण्डे (कुश्मा) पर्वत ।  सांसद पदम गिरीले नाम उपन्यासमा आफ्नै जीवनका उतारचढाबलाइ समावेश गरिएको बताएका छन् ।  नबराज बरालको पहिलो कृति नामको कुश्मामा भएको परिचर्चा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेता गिरीले उपन्यास नाममा राजनीतिमा होमिएको एक गरिब परिवारको  पात्रको माध्यमबाट नेपाली समाजमा भएको यर्थाथलाई प्रष्टाउन खोजिएकोले जोकोही पाठकको जीवनीसँग मेल खाने उनले बताए ।

 

उपन्यासमा मेरो मात्रै होइन, यो उपन्यास पढ्ने जो कोहीको जीवनसँग मेल खाने विषयबस्तु यसमा समावेश गरिएको छ । नेपाली समाजको एक गरिब परिवारको संघर्षणपूर्ण जीवनका साथ अगाडी बढेको संघर्षशील युवाको जीवनगाथालाई समावेश गरिएको छ । जसका कारण सबैको जीवनसँग मेल खाने छ उनले भने ।


उपन्यासकार नबराज बरालले नेपाली समाजमा भएको घटनाक्रमलाइ आफूले उपन्यासमा उतार्ने प्रयास गरेको बताए । उनले आफूले पहिलो कृतिका रुपमा प्रकाशनमा ल्याएको नाम उपन्यास भुइकटहर जस्तो नभइ अंगुर जस्तो भएका कारण सबै पाठकहरुले  मन पराउने दाबी समेत गरे । लेखक बरालले उपन्यासमा भएको घटनाक्रम राजनीतिमा होमिएको  जोकोही व्यक्तिको जीवनसँग मेल खाने दाबी समेत गरे ।  कार्यक्रम ¥याण्डम रिडर्स पर्वतको आयोजनामा भएको थियो ।

भिडियो



यस बिषयमा तपाइको प्रतिक्रिया...!