अज्ञात समूहद्वारा मोटरसाइकल र टौवामा आगजनी

Posted on: 28 Dec, 2020

पुस १३, लमजुङ । अज्ञात समूहले  लमजुङ बेँसीशहर नगरपालिका–२ मा छुट्टाछुट्टै दुई मोटरसाइकल र दुई वटा परालका टौवामा आगजनी गरेको छ । बोजबहादुर बरालको ग ८ प ९३३७ र सूर्यनाथ बराललको ग ५ प १७४४ नम्बरको मोटरसाइक तथा  रामबहादुर देउजा र रामदेव घिमिरेका परालको टौवामा आज बिहान आगजनी भएको भएको हो ।   

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले सूर्यनाथकै ग १ ख २४७२ को बेँसीशहर नारायणगढ चल्ने माइक्रोबसमा समेत आगजनीले  सामान्य क्षति पु¥याएको जानकारी दिए  । मोटरसाइकल जल्दै गरेको अवस्थामा गस्तीमा खटिएका प्रहरी टोलीले देखेपछि आगो तत्काल नियन्त्रणमा लिन सफलको भएको बताइएको छ ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!