नख्खु कारागारमा कैदीबन्दीबीच झगडा हुदाँ एक जनाको मृत्यु

Posted on: 02 Aug, 2019

साउन १७, काठमाडौँ  |  ललितपुरको नख्खु कारागारमा दुई जना कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्तव्य ज्यान मुद्दाका पूर्णबहादुर राजी छन् ।

उनको उपचारको क्रममा  मृत्यु भएको प्रहरीले पुष्टि गरेकोछ  | कारागार प्रशासनका अनुसार राजीलाई केहीवेरअघि कर्तव्य ज्यान मुद्दाकै पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लक प्रहार गरेका थिए । लगत्तै घाइतेलाई  वीर हस्पिटल भर्ना गरिएको थियो भने महतोलाई ललितपुर प्रहरी परिस जावलाखेलले नियन्त्रणमा लिएको छ ।

विवादको कारणबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ  |  दुवै जना कोठाबाहिर घाम तापेर बसेका थिए । झगडा हुनुअघि उनीहरू एकअर्काको जुम्रा हेरिरहेको अवस्थामा अन्य कैदीबन्दीले देखेका थिए । एक्कासी कुटाकुट भएपछि अन्य कैदीबन्दीले छुट्टाएका थिए  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!