श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ

Posted on: 23 Apr, 2019

वैशाख १०, काठमाडौं । ललितपुरको गोदावारी-४२, गोदामचौरमा श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मानसिक सन्तुलन ठीक नभएका सिन्धुलीका जयबहादुर वाइवा छन् ।

प्रहरीका अनुसार वाइवाले  ४१ वर्षीया श्रीमती सुनमाया अधिकारीको खुर्पा प्रहार गरि हत्या गरेका  थिए ।

घटनाबारे थप अनुसन्धान र परीक्षण भइरहेको प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!