नेपाल इन्भेष्टमेण्ट बैंकको हात्तिवनमा दशौं एक्स्टेन्सन काउन्टर

Posted on: 06 Mar, 2019

फागुन २२, ललितपुर | नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले ललितपुरको हात्तिवनस्थित काठमाडौं युनिभर्सिटी (School of Education & School of Arts) मा आफ्नो दशौं एक्स्टेन्सन काउन्टर खोलेको छ । 

काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे, के युका प्रमुख कार्यकारी अधिकृत श्री मुकुन्दप्रसाद उपाध्याय, के यु (School of Education) का डिन प्रा.डा. महेशनाथ पराजुली तथा School of Arts का डिन प्रा.डा. सागर राज शर्माले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।


काउन्टरले केयु हात्तिवनको रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्ने छ । Education / Arts विषयमा पि.एच.डीसम्मको पढाइ हुने के युमा ६ सय बढी विद्यार्थीहरु अध्ययनरत छन । विगत १२ वर्षदेखि बनेपास्थित काठमाडौं युनिभर्सिटीसंगको नातालाई अझै फराकिलो पार्ने उदेश्यले बैंकले एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको हो । 

बैंकले अहिले ७८ वटा शाखा कार्यालय, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, १११ वटा एटिएम तथा ३,६६५ वटा एइक् मेसिन बाट सेवा दिइरहेको छ । 


Bank of the Year पाँच पटक प्राप्त गरिसकेको NIBL ले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेको अब्बल प्रदर्शनका कारण Euromoney नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट Euromoney award for excellence “Best Bank 2018” अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्ष इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा ब् बाट A+ ल्याई स्त्तरोनन्ति गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!