प्रमोदको ‘गाईदेउन गीत ए कान्छा’ सार्वजनिक (भिडियो)

Posted on: 18 Oct, 2017

चिसाङ शेर्पा | कात्तिक १, खोटाङ | खोटाङका युवा गीतकार प्रमोद श्रेष्ठको ‘गाईदेउन गीत ए कान्छा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाण्डौको वागवजारस्थित सिटि म्याक्समा मंगलवार युट्युव मार्फत सार्वजनिक गरिएको भिडियोमा लोपन्मुख नेपाली वाजा मुर्चुङ्गालाई विशेष प्राथमिकतामा प्रस्तुत गरिएको छ ।

खोटाङको साहित्यक क्षेत्रमा अब्बल मानिने अर्खौले १० का गीतकार श्रेष्ठको रचनालाई टंक बुढाथोकीले संगीत भरेका छन् भने, नेपालका चर्चित गायिका मेलिना राईले स्वर दिएकी छन् ।  

मिलन बुढाथोकी निर्माता रहेको गीतलाई काठमाण्डौ लाजिम्पाटमा छायाङकन गरिएको हो । भिडियोलाई गम्भीर विष्टले कम्पोज गरेका छन् । अस्मिता बुढाथोकीले अभिनय गरेको म्युजिक भिडियोलाई यो समाचार तयार पार्दासम्म ९ हजार ७ सय ४० जनाले हेरीसकेका छन् । २४ घण्टा नपुग्दै भ्यु संख्या दश हजार हाराहारीमा पुगेको हो ।  

यसअघि ‘फुल्छ फुल ऊ हागाँले नै राम्रो’ गीतवाट चर्चा कमाएका श्रेष्ठले नेपाली गीति लेखनमा अदभुत क्षमता देखाउँन थालेका छन् । उनले लेखेका गीतहरु एकाएक गर्दै विभिन्न सञ्चार माध्यममा हिट भईरहेको छ । 

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!