खोटाङमा गाउँपालिका प्रमुखको गाडीमा आगजनी

Posted on: 09 Dec, 2019

मंसिर २३,खोटाङ | रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगलागी भएको छ । आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ । 


“म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो”, उनले भने, “उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।” करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो । 

प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटनास्थलमा खटाइएको र आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!