खोटाङको हलेसी तुवाचुङ र काठमाण्डौको दक्षिणकाली नगरपालिकाबीच भगिनि सम्बन्ध

Posted on: 05 Aug, 2019

चिसाङ शेर्पा  | साउन १९, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिका र काठमाण्डौको दक्षिणकाली नगरपालिकाबीच भगिनि सम्बन्ध कायम भएको छ । धार्मिक तथा पर्यटकीय आधारमा नामाकरण भएको दुई नगरपालिकाले आपसी सम्बन्ध कायम गरी अनुभव आदानप्रदान, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय गतिविधि सञ्चालनका लागि दुई नगरपालिकाबीच आईतबार भगिनी सम्बन्ध कायम भएको हो ।

भगिनि सम्बन्ध कायम गर्ने सम्झौतापत्रमा हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई र दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नतेले हस्ताक्ष गरे । धार्मिक, पर्यटकीय हिसाबले मिल्दोजुल्दो भएकाले भगिनि सम्बन्ध कायम गरिएको दक्षिणकाली नगरपालिकाका नगर प्रमुख बस्नतेले बताए ।

दक्षिणकालीमा गुरु रुम्बुचेले तपस्या गरेको ठाउँ, हलेसी गएर सिद्धी प्राप्त गरेको थलो । हिन्दु, बौद्ध धर्मका संस्कार-संस्कृती दुवै स्थानमा रहेको छ । नगर प्रमुख बस्नेतले भने, ‘मुख्यतः धार्मिक पर्यटकको आदानप्रदान र विस्तार गर्ने लक्ष्यका साथ भगिनि सम्बन्ध कायम भएको हो ।’

धार्मिक पर्यटनलाई टेवा पु¥र्याउन र आन्तरिक पर्यटक बढाउने उद्देश्यले कायम भएको भगिनि सम्बन्धले दुवै नगरलाई फाईदा पु¥र्याउने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख राईले बताए । दक्षिणकाली नगरपालिका ऐतिहासिक, धार्मिक र सांस्कृतिक, पर्यटकीय स्थलका रुपमा परिचित रहेको छ । भने, हलेसी तुवाचुङ नगरपालिका हलेसी माहादेवस्थानको नामले परिचित छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!