नेविसंघ खोटाङद्धारा आफ्नो स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

Posted on: 19 Apr, 2019

बैशाख ६, खोटाङ | नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ(नेविसंघ)खोटाङले आफ्नो स्थापना दिवसको अवसरमा विरामीलाई फलफुल वितरण गरेको छ । नेविसंघको ५० औं स्थापना दिवस तथा स्वर्ण जयन्तीको अवसर पारेर जिल्ला अस्पताल दिक्तेलमा रहेका १३ जना विरामीहरुलाई फलफुल वितरण गरेको हो ।

शुक्रबार बिहान नेविसंघ खोटाङका सभापति राज कुमार बस्नेतको नेतृत्वमा अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण गरिएको र अपरान्ह जलपान कार्यक्रम तथा साँझमा दीप प्रज्वलन कार्यक्रम रहेको नेविसंघ खोटाङले जनाएको छ । 

विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसंघको स्थापना भएको थियो । त्यस समय यता नेविसंघले वैशाख ६ गतेलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

4

यस बिषयमा तपाइको प्रतिक्रिया...!