काठमाडौँबाट खोटाङको दिक्तेल जादै गरेको बस हलेसीमा दुर्घटना

Posted on: 16 Apr, 2019

चिसाङ शेर्पा | बैशाख ३, खोटाङ | काठमाडौँबाट खोटाङको दिक्तेल जादै गरेको बस हलेसीमा दुर्घटनामा हुंदा १ जनाको मृत्यु भएको छ । 

काठमाडौँबाट यात्रु बोकेर दिक्तेल आउँदै गरेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राती ११ बजेतिर हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घट्ना हुंदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाँडा दोर्पाका ३२ वर्षीय पर्जबहादुर राईको मृत्यु भएको हो । दुर्घट्नामा शक्त घाईते भएका उनलाई एम्बुलेन्स मार्फत उपचारका लागि दिक्तेल ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।


दुर्घटनामा १४ जना यात्रु घाईते भएको छ । उपचारमा १२ जनालाई दुर्छिम स्वास्थ्य चौकीमा पठाइए पनि त्यहाँ उपचार हुन नसक्दा घाईतेमध्ये ६ जनालाई टिचिङ अस्पताल काठ्माण्डौं पुर्याइएको छ । एक जनाको जिल्ला अस्पताल दिक्तेलमा र अन्यको दुर्छिम स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।

बस सडकबाट चिप्लिएर १५/२० मिटर तल कोल्टिएर रुखमा ठोक्किदै अडिएकाले ठूलो क्षतीबाट जोगिएको बताइएको छ । चालक र सह–चालकसहित बसमा १५ जना सवार थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!