चट्याङले पावर हाउसमा डेढ लाखको क्षति, विद्धुत अवरुद्ध

Posted on: 15 Apr, 2019

चिसाङ शेर्पा | बैशाख २, खोटाङ | चट्याङले लघु जलविधुतको पावर हाउसमा क्षति पुर्याउँदा डेढ लाखको विधुतीय सामग्री नष्ट भएको छ । जिल्लाको साकेला गाउँपालिका–३ खिदिमा बोपुङमा अवस्थित तावाखोला तेश्रो लघु जलविधुतको पावर हाउसमा क्षति पुग्दा कम्पनी मुल्य अनुसार १ लाख ५० हजारको सामग्री नष्ट भएको छ । विधुतीय सामग्री नष्टसँगै बत्ती अवरुद्ध बनेको छ ।

गत शनिबार दिउँसो पानीसँगै परेको चट्याङले लघु जलविधुतमा रहेको एलसी बोर्ड २ थान, एमसीभी २ थान, लाईटिङ टेष्टर १५ थान, मल्टीप्लग २ थान, टिभी १ थान र डिसहोम सेट १ थान नष्ट भएको तावाखोला तेश्रो लघु जलविधुतका अध्यक्ष लोक प्रसाद राईले जानकारी दिए । पावर हाउसमा पुगेको क्षतिको विवरण सहित वडा कार्यालय खिदिमा र गाउँपालिकामा निवेदन दिने र उहाँहरुको सल्लाहा, सुझाव अनुसार अन्य प्रक्रिया अगाडी बढाईने अध्यक्ष राईले जनाए ।

लघु जलविधुत बिग्रिएपछि खिदिमा, मात्तिमको माथिल्लो भाग र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी बास्थलाका २ सय ५२ घरधुरी अध्याँरोमा बस्नु परेको छ । बत्ती नहुंदा विशेषगरी बृद्धबृद्धा, विधार्थीहरु मर्कामा परेका छन् । बत्ती नभएकै कारण नियमित कामकाजमा समेत समस्या भईरहेको स्थानीयले बताएका छन् । तीनै स्थानमा केन्द्रिय प्रसारण लाईनको विधुत छैन ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!