को बन्ला हलेसी साईनो स्टार: टप ट्वान्टीको जजमा राधा र रेवत

Posted on: 06 Feb, 2019

चिसाङ शेर्पा । माघ २३, खोटाङ । एकल सांगितिक प्रतियोगिता ‘हलेसी’ साईनो स्टारको पाँचौ जिल्ला स्तरीय (लोक राउण्ड) अडिसनका लागि निर्णायक (जज) मा यूवा गायक रेवत राई र राधा राई रहने भएका छन् । भोटिङ चरणको पाँचौं अडिसन आगामी शनिबार (माघ २६) हुदैछ ।


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका चिउरीडाँडाका रेवतले हालसम्म सयको हाराहारीमा गीत गाएका छन् भने, दर्जनबढी गीतमा संगीत भरेका छन् । उनको पग्ली जान्छ हिमाल, चारधाम, तिम्रो घरको, अलिकती प्रितको, जती चढौ, तिमी मेरो जिन्दगीको लगायतका गीत चर्चामा छ । यस्तै, संगीतमा मास्र्टड गरेकी साकेला गाउँपालिका–१ बाझेच्यानडाँडाकी राधाको खोपि राखौंला नि लै,लै, मारिदिए मायाले, लेक है बाट जस्ता गीत बजारमा आइसकेको छ ।

भोटिङ राउण्डमा रहेका बीसजना प्रतियोगीलाई जजले उत्कृष्ट १५ जनामा छनौट गर्ने हलेसी साईनो स्टारका संयोजक प्रमोद श्रेष्ठले बताए । प्रतियोगीलाई भोटिङको ४०, निर्णायकको ६० अंक दिइनेछ । जिल्लाभरीका कुनाकन्दरामा लुकेर रहेका प्रतिभालाई उजागर गरेर बिश्वसामू पुर्याउने उद्देश्यले साईनो कला केन्द्र दिक्तेल र हलेसी टाईम्स दैनिक पत्रिकाले गएको पुस ९ गतेदेखी आयोजना गरेको प्रतियोगिताका प्रथमले नगद ५५ हजार ५ सय ५५, गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा र प्रमाणपत्रका साथमा ट्रफि प्राप्त गर्नेछन् । यस्तै, द्धितीयले नगद ३० हजार, एक वर्ष संगीत कक्षा, प्रमाणपत्र, ट्रफि र तृतियले १५ हजार नगदसहित एक वर्ष संगीत कक्षा, प्रमाणपत्र र ट्रफि पाउनेछन् ।

को–को छन् टप ट्वान्टीमा

विना राई, रविन दियाली, वालकृष्ण राई, रोजिना राई, क्यूमिला राई, विनोद राई, सोम मगर, पर्शुराम गजमेर, एनिस एञ्जल राई, स्काई भरत मगर, संग्राम राई, विकास राई, करिश्मा राई, प्रणिसा विक, जोहनहाङ राई, पुस्कल राई, युवराज राई, कञ्चन राई, दिनेश राई र प्रदिप राई टप ट्वान्टीमा परेका छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!