खोटाङमा खेलमैदान निर्माणका लागि मागपत्र पेश

Posted on: 26 Sep, 2019

चिसाङ शेर्पा | असोज ९, खोटाङ | खेलमैदान निर्माणमा आर्थिक सहयोगका लागि प्रदेश सरकारसँग मागपत्र पेश गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित छिवामा निर्माण भईरहेको ‘मझुवागढी रणजितमान राई खेलमैदान’का लागि प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे समक्ष बुधबार मागपत्र पेश गरिएको छ ।

खेलकुदलाई प्राथमिकता दिनलाई जेठमा सिलान्यास भई निर्माणधिन खेलमैदानलाई आवश्यक वजेटको माग गर्दै खोटाङका प्रदेश सांसद रामकुमार राई पासाङ, जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ लगायतको नेतृत्वमा मागपत्र पेश गरिएको लफ्याङका वडाध्यक्ष निर्मल राईले जानकारी दिए । सोही अनुरुप बिहीबार (आज) मुख्यमन्त्री समक्ष समस्या राखिने र पछि संघीय सरकार समक्ष समेत खेलमैदानलाई आवश्यक बजेट माग गरिने वडाध्यक्ष राईले जनाए ।

हाल वडा कार्यालयको बजेटबाट काम भईरहेको खेलमैदानको डिपिआर बन्ने क्रम अन्तिममा पुगेको छ । बजेट अभावकै कारण राजेन्द्र राईको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति निर्माण गरेर सहयोग समेत संकलन भईरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!